Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बन्चरोले हानेर आफ्नै आमा बुबाको हत्या


2.8K
Shares

बन्चरोले हानेर आफ्नै आमा बुबाको हत्या

तेह्रथुम २५, बैशाख। तेह्रथुमको फेदाप गाउँपालिका ५ का एक युवकलाई बावु आमाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । २० वर्षीय कंचन लिम्बुलाई बिहिबार (आज) नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । आमाबाबुको हत्या गरेर भाग्दै गरेको अवस्थामा कंचनलाई पोक्लाबाङ प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो।

उनीमाथि अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिनुभयो। साँझ ६ बजे घरायसी विवादका क्रममा ४२ वर्षीय बुवा रुपबहादुर लिम्बु र आमा ३५ वर्षीय ईसा खापुङ लिम्बुलाई बञ्चरोले हानेर हत्या गरेको प्रहरीले जनाएको छ। बञ्चरो प्रहारबाट गम्भीर घाइते दम्पतीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

घटनास्थलमा प्रहरीको अनुसन्धान टोली भोलि जाने र मृतकको शव पोष्टमार्टमका अस्पताल लगिने प्रहरीले जनाएको छ। मृतक ईसाको ७ महिनाको नाबालक छोरीसमेत रहेको वडाध्यक्ष टेकबहादुर घिसिङले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology