तनहुँ २२, बैशाख । तनहुँमा जंगली च्याउ खाँदा तनहुँमा एकै परिवारका पाँचजना बिरामी परेका छन् । देवघाट गाउँपालिका– ५, साउनेका ४२ वर्षीय कृष्ण भुजेलको परिवार च्याउ खाँदा बिरामी परेका हुन् ।
कृष्ण र उनका १५ वर्षीय छोरा धनलालको अवस्था गम्भीर रहेको छ । दुवैको पुरानो मेडिकल भरतपुरमा उपचार भरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी कृष्णकी श्रीमती ४० वर्षीया गौरी, छोरा २१ वर्षीय तीर्थ र १७ वर्षीय मीनबहादुरको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायव निरीक्षक उज्ज्वल तिलुवालले जानकारी दिनुभयो ।