नेपालगञ्ज २२, बैशाख । कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि आएपछि नेपालगन्जमा भोलिदेखि लागूहुने गरी कर्फ्यू आदेश जारी गरिएको छ । यो कर्फ्यू २५ गतेसम्मका लागि लगाइएको हो ।
यो सँगै विहान ११ बजेबाट नेपालगन्जमा पूर्ण निषेधाज्ञा लगाइएको छ । नेपालगन्जमा बाँके प्रशासनले यो कर्फ्यू लगाएको हो । त्यहाँ संघीय सरकारले लगाएको लकडाउन कायम नै रहेको छ । कर्फ्यूको समयमा नेपालगन्जमा औषधी पसलबाहेक अरु केही खोल्न पाइने छैन ।
नेपालगन्जमा अहिले १६ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । चार दिनअघि कोरोनाभाइरस संक्रमित भेटिएका एक ६० वर्षीय व्यक्तिबाट नै अरु १५ जनालाई कोरोनाभाइरस संक्रमण भएको आशंका छ ।