Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

रोल्पामा विस्फोट, चार जनाको मृत्यु


1.4K
Shares

रोल्पामा विस्फोट, चार जनाको मृत्यु

नागरिक सवाल संबाददाता । रोल्पा – रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट भएको छ ।त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ गैरीगाउँमा बम विस्फोट हुँदा ४ बालवालिकाको मृत्यु भएको छ । बमको ठूलो आवाज आएपछि गाउँलेहरू हेर्न जाँदा बम विस्फोटमा परी ४ बालवालिकाको घटनास्थलमै मृत्यु भएको त्रिवेणी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिनुभयो । मृत्यु हुनेमा ७ देखि ११ वर्ष उमेरका ३ बालक र १ बालिका रहेको वडाध्यक्ष बुढाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले घटनाको विषयमा जानकारी आउन बाँकी रहेको बताउनुभयो

सशस्त्र द्वन्द्वको समयमा तत्कालीन माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले खेलाउने क्रममा भेट्टाएको हुने सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology