काठमाडौं १६, बैशाख । दुबईमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारीका ५२ वर्षीय दीपक पराजुली रहनुभएको छ । उहाँको दुबईमा आइतबार मृत्यु भएको हो । आइतवार उहाँको आफ्नै जन्मदिनको दिन मृत्यु भएको हो ।
सामान्य ज्वोरो आएपछि औषधि खाँदै कोठामै बसेका दिपक एक्कासी ढल्नुभएको थियो । ढले लगत्तै त्यहाका साथीभाइले पराजुलीलाई एनएमसी रोयल अस्पताल लगेका थिए । तर उहाँको अस्पतालमै मृत्यु भएको जनाइएको छ । १० वर्ष पहिले यूएई गएका पराजुली ट्रान्सगार्ड सेक्युरिटी कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । पराजुलीको श्रीमती र दुई छोरा छन् ।