Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

शहिद लखन गाउँपालिकामा ४७ जना सामुहिक क्वारेन्टाइनमा


2.1K
Shares

शहिद लखन गाउँपालिकामा ४७ जना सामुहिक क्वारेन्टाइनमा

गोरखा, १४ बैशाख । गोरखाको शहिद लखन गाउँपालिका भित्र ४७ जना सामुहिक क्वारेन्टाइनमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) रोकथाम र न्युनिकरणका लागि जिल्ला बाहिर तथा बिदेशबाट आएकाहरुलाई अनिबार्य १४ दिन क्वारेन्टाइनमा राख्दै आएको हो ।

गाउँपालिकाको वडा नं १ बक्राङमा एक जना, मनकामनामा ९ जना, ताक्लुङमा ८, घैरुङमा १३ र बुकोटमा १६ गरी ४७ जना क्वारेन्टाइनमा रहनुभएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा ३ वर्षकी एक बालिका, ११ जना महिला र ३५ जना पुरुष रहेका छन् । उनीहरुलाई गाउँपालिकाको व्यवस्थापनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको हो । लकडाउन सुरु भएपछि जिल्ला बाहिरबाट आउने सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइन र एक हप्ता घरकै क्वारेन्टाइनमा राख्ने गाउँपालिकाले निर्णय गरेको थियो ।

लकडाउनको समय बढ्दै जाँदा शहरमा बस्नेहरुको दैनिकी असहज बन्दै गएपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला स्तरीय समितिले अहिले समिक्षा सहित उद्धारका कार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology