Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

तनहुँमा एकै घरका आमा, छोरा र छोराको शव फेला


3.7K
Shares

तनहुँमा एकै घरका आमा, छोरा र छोराको शव फेला

तनहुँ १३, बैशाख । तनहुँमा एकै घरका ३ जना मृत अबस्था भेटिएका छन् । दमौली स्थित निर्मलनगर निवासी ३४ बर्षिय रबिना श्रेष्ठ, उहाँकी ११ बर्ष छोरी प्रिया र १५ बर्षका छोरा बिपिन मृत अबस्था भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतक मध्ये छोराको शव घरमा भेटिएको हो भने आमा छोरीको शव सेती नदीमा भेटिएको तनुहँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

शारिरिक रुपमा अशक्त रहेका छोरा बिपिन भने बिरामी अबस्थामा केही दिन अघि छिमेकीले भेटेको भएपनि केही समयपछि नै मृत्यु भएको थियो । आमा छोरी भने बेपत्ता थिए । छिमेकीले खोजीका लागि प्रहरीलाई आग्रह गरेपछि खोजी गर्दा प्रियाको शव ऋषिङ १ कोइदिम स्थित सेती नदीमा र रविनाको शव करिब तीन किलोमिटर पर ऋषिङ ३ स्थित मास्दीघाटमा भेटिएको प्रहरी नायव उपरीक्षक लामिछानेले जानकारी दिनुभयो ।

यसअघि बिपिनको शव बुझेका परिवारलाई नै अरु दुईको शव बुझाइएको छ । बिपिनको घाँटीमा निलो डाम र घरमा सबै सामान छाडेर बेपत्ता भएकाले छोराछोरीको अवस्थाका कारण विरक्त महिलाले छोरीको हत्या पछि आत्माहत्या गरेको हुनसक्ने स्थानीयले आंशका गरेका छन

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology