बाँके १३, बैशाख । बाँकेमा मोटरसाईकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ । नेपालभारत सीमा क्षेत्रको क्वारेन्टाइनमा खटिएका एक प्रहरी जवान सुवास कार्कीको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
शनिबार बिहान क्वारेन्टाइनको ड्युटी सकेर मोटरसाइकलमा निवास फर्कने क्रममा सार्कीको मृत्यु भएको हो। ड्युटी सकेर भे ३ प ३९ नं को मोटरसाइकलमा निवास फर्कने क्रममा प्रहरी जवानको राँझाचोक नजीकै सडकको डिभाइडरमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।