Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

सुतिरहेका बेला महिलाको हत्या : हत्याको आंशकामा श्रीमान पक्राउ


868
Shares

सुतिरहेका बेला महिलाको हत्या : हत्याको आंशकामा श्रीमान पक्राउ

डोटी १३ ,बैशाख । डोटीको शिखर नगरपालिका – ८ गोपघाटमा एक महिलाको हत्या गरिएको छ । बिहान करिब ४ बजेतिर अन्दाजी २८ वर्षीया राजु दमाईको शुक्रबार धारिलो घरेलु हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । हत्याको आंशकामा प्रहरीले मृतकका श्रीमा कृष्ण दमाईले नियन्त्रणमा लिएको छ ।

मृतक राजु र उहाँका श्रीमानसँगै सुतिरहेको अवस्थामा उहाँको हत्या भएको भएको हो । पक्राउ परेका श्रीमान कृष्ण आफू ट्वाइलेट गएको अवस्थामा श्रीमतिको हत्या अर्कैले गरेको प्रारम्भिक बयानमा बताइरहेको प्रहरीले जनाएको छ । मृतकको घाँटी र टाउकोमा गहिरो चोट लागेको छ ।

उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएको र अस्पताल पु¥याएको केहि बेरमै राजुको मृत्यु भएको तिलताली प्रहरी चौकीका इन्चार्ज सई नरेन्द्र टमटाले जानकारी दिनुभयो । मृतकका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology