काठमाण्डौ ११, बैशाख । ३ जना कोरोना संक्रमित बिहिबार उपचार पछि निको भएर घर फर्किएका छन् । काठमाण्डौको पाटन अस्पताल उपचाररत २ जना आमाछोरा र कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारत एक महिला आज उपचारपछि निको भएर घर फर्किएका हुन् ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ५० वर्षीया महिलालाई सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो ।लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।
आज नै पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।