काठमाडौं ११,बैशाख । सशस्त्र प्रहरी बलका गुल्मपति डिएसपी मानबहादुर शाही व्यारेकभित्रै कुटिएका छन् । रुपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी शाही माथि ब्यारेककै प्रहरी निरीक्षकद्धय केशव भट्टराई र दयाराम पौडेलले कुटपिट गरेका हुन् ।
ब्यारेक बाहिरबाट मादक पदार्थ सेवन गरी मंगलबार साँझ डिएसपीमाथि कुटपिट गरेको सशस्त्र प्रहरी कार्यालय स्रोतले जनाएको छ। सशस्त्र प्रहरीले ब्यारेकमा मदिरा निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरु ब्यारेकबाहिर निस्केर मादक पदार्थ सेवन गरी व्यारेक प्रवेश गरेका थिए।
ब्यारेक भित्र मादक पदार्थ खाएर आउन पाइदैन भन्ने थाह छैन भनेर डिएसपीले सम्झाउँदा उनीमाथि हातपात भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।सशस्त्र प्रहरी बल मूख्यालयले उनीहरुलाई नियन्त्रणमा लिएर कारवाहीको थालेको छ। हातपात गर्ने प्रहरी निरीक्षक पौडेल भने यसअघि पनि आफ्नै महिला सहकर्मीलाई हातपात गरेको अभियोगमा कारवाहीमा परेका थिए।