Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

अवैध भरुवा बन्दुक सहित एक पक्राउ


2.1K
Shares

अवैध भरुवा बन्दुक सहित एक पक्राउ

कैलाली ८ बैशाख । कैलालीको मोहन्याल गाउँपालिका वडा नं ३ फल्ले विसौनीमा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनसरा गिरी रहेको प्रहरीले जनाएको छ । घरमा लुकाई राखेको अवैध बन्दुक फेला परेपछि प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको हो ।

अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक अनिस भण्डारीको टोलीले खान तलासी गर्दा सो वन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त एंव प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology