Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बल्ल आमाको किरिया गर्न नेपाल आउन पाए बासुदेव


1.6K
Shares

बल्ल आमाको किरिया गर्न नेपाल आउन पाए बासुदेव

काठमाण्डौं ७, बैशाख । आमाको मृत्युपछि पनि लकडाउनका कारण भारतको धार्चुलाको क्वारेन्टिनमा रहेका दार्चुला शैल्यशिखर नगरपालिकाका बासुदेव भट्टलाई आइतबार नेपाल प्रवेश गर्न पाउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दत्तुस्थित झोलुङ्गे पुलको ढोका खोली उहाँलाई नेपाल प्रवेश गराइएको हो। आमाको मृत्यु भएको ६ दिनपछि उहाँले स्वदेश प्रवेश अनुमति पाउनु भएको हो ।

दुवै देशमा लकडाउन भएपछि जो जहाँ छन् त्यहीँ रहने भन्दै लकडाउनपछि आएका सीमामा अलपत्र नेपालीहरुलाई प्रवेश दिइएको थिएन। प्रवेश नदिएपछि सीमा पारी नै रहेका बेला भट्टकी आमाको निधन भएको थियो।

आमाको निधनपछि उनी क्वारेन्टिनमा किरिया बस्दै आउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology