Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लकडाउन उल्लंघन गरी मुस्ताङ प्रवेश गर्ने ४ युवा क्वारेन्टाइनमा


2.4K
Shares

लकडाउन उल्लंघन गरी मुस्ताङ प्रवेश गर्ने ४ युवा क्वारेन्टाइनमा

काठमाण्डौं ७, बैशाख । लकडाउन उल्लंघन गरी पोखराबाट म्याग्दीहुँदै मुस्ताङ प्रवेश गर्न खोज्ने ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन्मा पठाएको छ ।

आइतबार बिहान ट्रक र पैदलयात्रा गरी मुस्ताङ प्रवेश गर्न लागेका बेला उनीहरुलाई घांसा प्रहरी चौकी तथा स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका हुन्।

म्याग्दी र मुस्ताङको मुख्य प्रवेशद्धार मानिएको थासाङ गाउँपालिका–४ को जनता आधारभूत विद्यालयमा पालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा राखिएको प्रहरी चौकी घासाका इन्चार्ज नीमप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology