Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बाग्लुङकी कोरोना संक्रमित युवतीको तेस्रो रिर्पोट पनि पोजेटिभ


2K
Shares

बाग्लुङकी कोरोना संक्रमित युवतीको तेस्रो रिर्पोट पनि पोजेटिभ

काठमाण्डौं २, चैत । बाग्लुङकी कोरोना संक्रमण युवतीको तेस्रो रिर्पोट पनि पोजेटिभ देखिएको छ । गण्डकी स्थित पोखराको प्रयोगशाला र काठमाडौंको टेकुमा गरिएको परीक्षणमा क्रममा उनको रिर्पोट पोजेटिभ देखिएको हो।

‘सुरुमा हामीले पोखरामा टेष्ट गर्‍यौं। यहाँ पोजेटिभ देखियो। त्यसपछि काठमाडौं पठाएर टेष्ट गर्दा उता पनि पोजेटिभ नै देखिएको छ,’ गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले भन्नुभयो, ‘उहाँको लगातार तेस्रो पटक पोजेटिभ देखिएको हो।’

युवतीको बागलुङको धवलागिरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । ४ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल झरेर बागलुङ पुगेकी युवतीसंगै आएकी ६५ वर्षीया वृद्धाको पनि दोस्रो परीक्षणसमेत पोजेटिभ आएको छ।

आइसोलेसन वार्डमा उपचाररत उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। पोजेटिभ रिपोर्ट आएसँगै दुवैजनाको अस्पताल बसाई अझै लम्बिने भएको छ। तेस्रो परीक्षणका लागि १ साता अघि उनको स्वाब लिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology