Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना परीक्षण सुरु


1.8K
Shares

सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना परीक्षण सुरु

काठमाडौं, २ वैशाख । काठमाण्डौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट सबैको कोरोना परीक्षण सुरु गरिएको छ । त्यहाँ बस्ने २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि अन्य सवैको कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले फेसबुकमार्फत दिएको जानकारीअनुसार उक्त परिवारका ८१ वर्षीया आमा र ५८ वर्षीया छोरामा संक्रमण पुष्टि भएको हो । बुहारीमा भने अहिले कोरोना पोजेटिभ नदेखिएको र कोरोना परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

आइतबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा त्यस परिवारको तीनै जनामा कोरोना संक्रमण देखिएपछि उपचारका लागि पाटन अस्पताल लगिएको थियो । उनीहरुलाई पाटन अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ ।

उनीहरू तीनैजना २८ दिनअघि बेलायतबाट नेपाल आएका थिए । उनीहरूमा कोरोना पोजेटिभ देखिएसँगै प्रहरीले सो क्षेत्रलाई सील गरेको छ । उक्त अपार्टमेन्टमा करिब ४०० पारिवार बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology