Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

श्रम स्वीकृति लिएर करिब २ हजार ६ सय नेपाली अमेरिका गए


2.4K
Shares

श्रम स्वीकृति लिएर करिब २ हजार ६ सय नेपाली अमेरिका गए

काठमाडौ, २५ फागुन । गत ८ वर्षमा रोजगारीका लागि श्रम स्वीकृति लिएर करिब २ हजार ६ सय नेपाली अमेरिका गएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार आर्थिक वर्ष २०७३÷७४ देखि गत आर्थिक वर्षसम्म २ हजार ५ सय ९९ सय जना रोजगारीका लागि श्रम स्वीकृति लिएर अमेरिका उडेका हुन् ।

चालु आर्थिक वर्षको ७ महिना साउनदेखि माघसम्म मात्रै २ सय १ जनाले अमेरिकामा रोजगारीका लागि काम गर्न अनुमति पाएका छन् । विभागकाअनुसार गत माघमा मात्रै ३१ जना अमेरिका उडेका छन् ।

तर रोजागरीका लागि अमेरिका गएका र सम्झौता अवधि सकिएका कति नेपाली फर्के भनेर सरकारसँग तथ्याङ्क भने छैन । पछिल्लो समय अमेरिकाले अवैधानिक रुपमा बसोबास गरिरहेका नेपालीलाई धमाधम देशबाट निकाला गरिरहेको छ ।

श्रम स्वीकृति लिएर रोजगारीका लागि अमेरिका पुगेका तर पछिल्लो समय भिसा र कामको करार अवधि सकिएका नेपालीलाई भिसाको अवधि थप गरेर मात्र बस्न अन्यथा नेपाल फर्कन सरकारले आग्रह गरिरहेको छ ।

अमेरिकाको सरकारी तथ्याङ्कले आर्थिक वर्ष २०१९ देखि २०२४ सम्म कुल ३ सय ८९ नेपाली नागरिक देश निकालामा परेको देखाउँछ । २ दिन अघि मात्रै अमेरिकाले ९ नेपालीलाई अवैध आप्रवासी ठहर गर्दै नेपाल फर्काएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology