कन्चनपुर ३०, चैत । घरासयी विवाद बढेपछि छोराले बावुको हत्या गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ लालीगुराँस टोलमा अइतवार दिउँसो स्थानीय तौला रानाको उनकै छोरा २५ वर्षीय सन्जी रानाले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले जानकारी दिनुभयो ।
बावुको हत्या गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले ईलाका प्रहरी कार्यालय झलारीको टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।