Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

हत्या आरोपमा गोरखा आरुपोखरीका सिजन अधिकारी पक्राउ


1.4K
Shares

हत्या आरोपमा गोरखा आरुपोखरीका सिजन अधिकारी पक्राउ

गोरखा, २९ पुस । ज्यान मार्ने उद्योगमा फरार रहेका गोरखा आरुपोखरीका १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला आरुघाट गाउँपालिका–८ को आरुपोखरी घरभई हाल काडमाडौं तार्केश्वर नगरपालिका–८ बस्दै आएका २९ बर्षिय सिजन अधिकारी भएको पुष्टी भएको हो ।

अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा कञ्चनपुर भिमदत्त नगरपालिकास्थित नेपाल भारत सिमाबाट पक्राउ गरेको हो ।

अधिकारीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology