Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आज र भोलि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै


1.1K
Shares

आज र भोलि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं, २ कार्तिक। सरकारले देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउन सुरु गरेको हो ।

जस अनुसार यसपटक २१ लाख बालबालिकालाई भिटामिन ए र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने सरकारको लक्ष्य रहेको छ । यसका लागि ५२ हजार भन्दा बढी स्वास्थ्य स्वयंसेविका र १५ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

सरकारले हरेक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’ सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology