Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

परपुरुषसँग अनैतिक सम्बन्धको आरोपमा बुहारीको हत्या :शव जलाउदै गर्दा शव बरामद, आरोपित पक्राउ,


1.7K
Shares

परपुरुषसँग अनैतिक सम्बन्धको आरोपमा बुहारीको हत्या :शव जलाउदै गर्दा शव बरामद, आरोपित पक्राउ,

पर्सा २३, चैत । परपुरुषसँग अनैतिक सम्बन्ध राखेको भन्दै पर्सामा परिवारका सदस्यहरू मिलेर बुहारीको हत्या गरेको खुलेको छ। पति रोजगारीका लागि विदेशमा रहेको बेला परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोप लगाउँदै सासू, ससुरा र देउरानी मिलेर बुहारीको हत्या गरेको खुलेको हो।

बहुदरमाई नगरपालिका–८, रामनगरीकी २५ वर्षीया उर्मीलादेवी पन्डितको हत्या गरेको अभियोगमा प्रहरीले ससुरा ६० वर्षीय सुरेश पन्डित, उनकी ५५ वर्षीया पत्नी फूलकुमारी र कान्छी बुहारी २३ वर्षीया मालतीदेवीलाई पक्राउ गरेको छ।

उनीहरूलाई आइतबार बिहान पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख एवं एसपी गंगा पन्तले जानकारी दिनुभयो । “परपुरुषसँग अनैतिक सम्बन्ध रहेकाले बुहारीको हत्या गरेको प्रारम्भिक बयान दिएका छन्,” पन्तले भन्नुभयो, “घटनाबारे थप अनुसन्धान भइरहेको छ।”

पन्तका अनुसार उर्मिलाको शुक्रबार राति घरमै हत्या भएको थियो। शनिबार शव जलाउन लगेपछि हत्याको सूचना पाएर प्रहरी शव जलाउने ठाउँमा पुग्दा अधिकांश भाग जलिसकेको उहाँले बताउनुभयो
पन्तका अनुसार गाउँलेले सधैं जलाउने ठाउँमा नभएर करिव ५ सय मिटर पर अनकन्टार ठाउँमा शव जलाइएको थियो। शव व्यवस्थापनमा केही नजिकका आफन्तहरूको समेत संलग्नताको आशंका गरिएको पन्तले जानकारी दिनुभयो

पन्डित परिवारका दुई वटै छोरा विदेशमा रहेको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology