Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

वनस्थलीमा ढलमा मोटरसाइकल खस्दा चालक बेपत्ता


2.2K
Shares

वनस्थलीमा ढलमा मोटरसाइकल खस्दा चालक बेपत्ता

काठमाण्डौं ११ असोज । काठमाण्डौको वनस्थलीस्थित अन्नपूर्ण चोकमा ढलमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन् । शुक्रबार साँझ सवा ६ बजेतिर बागमती प्रदेश–२–०१८प २९७३ को मोटरसाइकलमा ढलमा खस्दा चालकलाई बगाएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।

ढलमा खसेको मोटरसाइकल भने निकालिएको छ । बेपत्ता चालकको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । मोटरसाइकलमा चालक मात्रै थिए या पछाडि अरू कोही पनि सवार थिए भन्नेबारे नखुलेको प्रहरीको भनाइ छ ।

गएरातीदेखि परेको भीषण बर्षाका कारण ढलमा पानीको वाहाव तिव्र भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology