Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

एसईई पूरक नतिजा सार्वजनिक : ५६.७८ प्रतिशत उत्तीर्ण


833
Shares

एसईई पूरक नतिजा सार्वजनिक : ५६.७८ प्रतिशत उत्तीर्ण

काठमाडौं, ८ असोज । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत उत्तीर्ण भएका छन् ।

परीक्षामा २ लाख १० हजार ३२१ जना सहभागीका मध्ये १ लाख १९ हजार ४२५ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ । परीक्षामा सहभागीमध्ये ९० हजार ८८८ जना ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।

सार्बजनिक नतिजा अनुसार जीपीए ३।६१ देखि ४ सम्म १८ जनाले ल्याएका छन् । जीपीए ३.२१ देखि ३.६० सम्म १ हजार ५१८ जनाले ल्याएका छन् । त्यस्तै जीपीए २.८१ देखि ३.२० सम्म २३ हजार ६२३ जनाले ल्याएका छन् ।

जीपीए २।४१ देखि २.८० सम्म ७४ हजार ४६० जनाले ल्याएका बोर्डले जनाएको छ । जीपीए १.६० देखि २ सम्म भने ६४ जनाले मात्रै ल्याएका छन् ।

ग्रेडवृद्धि परीक्षामा उत्तिर्ण विद्यार्थीले दशैँअघि नै कक्षा ११ मा भर्ना हुने मौका पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology