गोरखा, ३१ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने भएको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका पूर्वी भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।