Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नेपाल इञ्जिनियर्स एसोसिएसनको चुनावमा कांग्रेसनिकट विजयी


2.3K
Shares

नेपाल इञ्जिनियर्स एसोसिएसनको चुनावमा कांग्रेसनिकट विजयी

काठमाडौं, ३० भदौ । इञ्जिनियरहरूको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा नेपाली कांग्रेसनिकट उम्मेदवारहरू निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स सिडेनका अधिकांश उम्मेदवार निर्वाचित भएका हुन् । अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन् । दुई दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय रहेका उनी चितवनका हुन् । अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको थियो । बरालले ४ हजार ८ सय ४२ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेले २ हजार ८ सय १० मत ल्याएका थिए ।

अध्यक्षका उम्मेदवार राजेन्द्र हाडाले १३४, रामेश्वरप्रसाद कलवाले १५७, दीपक श्रेष्ठले ३६२, नन्दलाल बन्जाडेले १६४ मत ल्याएका थिए । सहअध्यक्षमा ७ जना उम्मेदवार रहेकोमा प्रकाश केसी ४ हजार ४ सय ७१ मतसहित निर्वाचित भएका छन् । महासचिवमा ६ जना उम्मेदवार रहेकोमा विनोदप्रकाश पण्डित चार हजार ६८ मतसहित विजयी भए भने उपमहासचिवमा ७ जना उम्मेदवार रहेकोमा अनिल मानन्धर ४ हजार १ सय ३ मतसहित विजयी भएका छन् ।

७ जना उम्मेदवार रहेको कोषाध्यक्षमा सुमन थापा ३ हजार ८ सय ७४ र ७ जना उम्मेदवार रहेको सहकोषाध्यक्षमा कृष्णप्रसाद पोख्रेल ४ हजार २ सय ५४ मतसहित विजयी भएका हुन् ।

सदस्यमा रामकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार शाह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियङ्का गुप्ता र जयकिसुन राय विजयी भएका छन् । २५ सदस्यीय केन्द्रीय समितिमा सिडेनबाहिरका ३ जनाले जितेका छन् ।

कांग्रेसनिकट सिडेनका उम्मेवार संघ, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा विजयी भए भने झिनो मतान्तरले मधेसको अध्यक्षमा पराजित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology