काठमाडौं, २८ भदौ । नेपाल प्रहरीमा प्रहरी निरीक्षक इन्सपेक्टर र प्रहरी सहायक निरीक्षक असई पदमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुलेको हो ।
यसमा अमररअशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म छ ।
