बागलुङ, २१ चैत । बाग्लुङमा गत ४ चैतमा बेल्जियबाट आएकी बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखियो । सवै तिर कोरोना त्रास फैलिएपछि कोरोना संक्रमितसंग सामान्य व्यक्ति त के कतिपय चिकित्सक पनि हिचकिचाउने गरेका पाइन्छ । नेपालकै पछिल्लो अबस्थलाई हेर्ने भने अधिकासं निजी अस्पतालहरु ज्वरोका बिरामीलाई समेत उपचार गर्न नमानेर बिरामीले ज्यान समेत गुमाउनु पर्ने जोखिम छ ।
बाग्लुङमा कोरोना संक्रमित भएको पुष्टी भएपछि बिरामीलाई अस्पतालसम्म पु¥याउन एम्बुलेन्सको व्यवस्था गरियो तर नेपाल रेडक्रस सोसाइटी बागलुङका एम्बुलेन्स चालक जान मानेनन् । चालक नै कोरोना संक्रमित बिरामी बोक्नु पर्ने जान अटेर गरे । तर बाग्लुङ एक स्वास्थ्यकर्मीले जसले एम्बुलेन्स चालक नै जान नमानेपछि आफैले गाडी चलाएर कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म पु¥याउनु भयो ।
कोरोनाको लक्षण नदेखिएको भन्दै घरमै बस्दै आउनु भएकी बाग्लुङकी ती बृद्धलाई संक्रमण भएको रिपोर्ट पोजेटिभ आएपछि विहीबार राति धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । बिरामीलाई अस्पताल पु¥याउन मेयरदेखि सिडियोसम्म सवै पन्छिएपछि स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौ आफै पिपिई लगाएर वृद्धालाई आफ्नै गाडीमा राखेर अस्पताल पुऱ्याउनु भएको हो ।