Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अभिनेता विपिन कार्कीलाई मातृशोक


2.3K
Shares

अभिनेता विपिन कार्कीलाई मातृशोक

काठमाडौं, ६ भदौ । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको उपचारको क्रममा विहिबार बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको छ ।

अभिनेता कार्कीले दिएको जानकारीअनुसार ४ दिनदेखि भेन्टिलेटरमा राखेर उनकी आमाको उपचार गरिँदै आएको थियो । उनी विभिन्न दीर्घरोगबाट पीडित थिइन् ।

उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो । बिपिनकी आमा सरस्वतीको पार्थिव शरिरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरीएको छ ।

आमा बिरामी भएपछि बिपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायांकन बीचमै छाडेर काठमाडौं आएका थिए । अभिनेता कार्कीको आज जन्मदिन पनि हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology