Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?


973
Shares

सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

काठमाडौं, ३ भदौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रूपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २०० रूपैयाँ कायम भएको छ ।

यसअघि सोमबार पनि सुनको मूल्य घटेको थियो । उक्त दिन छापावाल सुन तोलामा ३०० रूपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।

गत आइतबार भने सुनको मूल्यले हालसम्मकै उच्च कीर्तिमान बनाएको थियो । उक्त दिन छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ६०० रूपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology