Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न


1.1K
Shares

गोरखामा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न

गोरखा, ६ साउन । गोरखा जिल्ला भित्र क्रियाशिल ११ वटा संस्थाहरुले स्रयुत्त रुपमा बृहत्त बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ जे नेपाल अन्तरर्गत रेहका ति क्लबहरुले सदरमुकामको रानिपोखरी परिषरमा बृक्षारोपण गरेको हो ।

गोरखा नगरपालिका–६ को रानिपोखरी परिषरमा शनिबार विभिन्न जातका बोट बिरुवाहरु रोपण गरिएको लायन्स क्लब अफ गोरर्खाकालीका का सचिव लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा अमला, टाँकी, लिची, पारीजात लगायतका विभिन्न जातका बोट बिरुवाहरु बृक्षारोपण गरिएको छ । रोपिएको बिरुवालाई संरक्षणगर्न तारजाली समेत गरीएको सचिव श्रेष्ठले बताउनुभयो ।

डिस्ट्रिक ३२५ जे अन्तरर्गतका जिल्ला भित्र क्रियाशिल ९ लायन्स क्लबहरु लायन्स क्लल अफ गोरखा, लायन्स क्लल अफ गोरखा आरुघाट, लायन्स क्लब अफ गोरखाकालीका, लायन्स क्लल अफ गोरखा बज्रकालिका, लायन्स क्लल गोरखा तारानगर, लायन्स क्लल गोरखा डायमन्ड, लायन्स क्लल द ओल्ड क्यापिट गोरखा, लायन्स क्लल दरौदी हिमालयन गोरखा र लायन्स क्लल अफ बारपाकको सहभागीता रहेको थियो ।

त्यसका साथै डिस्ट्रिक ३२५ जे अन्तरर्गतका लियो क्लब अफ गोरखा र लियो क्लब अफ गोरखा तारानगरले पनि वृक्षारोपण कार्यक्रममा सहभागीता जनाएका थिए ।

बृक्षारोपण लगत्तै भएको कार्यक्रममा अच्यूलाल श्रेष्ठ, सुजन कुवर र सारदा खत्रीले शुमकामना मनतब्य राखेका थिए । डिस्ट्रिक ३२५ जे अन्तरर्गका क्लबहरुले जिल्लाको विभिन्न क्षेत्रमा बर्षेनी बृक्षारोपण गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology