Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

साउने रौनक : हत्केलामा मेहेन्दी, नाडीमा हरियो चुरा, किनमेलको चहलपहल


1.4K
Shares

साउने रौनक : हत्केलामा मेहेन्दी, नाडीमा हरियो चुरा, किनमेलको चहलपहल

गोरखा, ३ साउन । श्रावण महिना सुरू भएसँगै हिन्दू महिलाहरूले हातमा मेहेन्दी, चुरा र गलामा हरियो पोते लगाउने गर्दछन् । हिन्दू धर्मशास्त्रमा श्रावण महिनालाई भगवान् शिवको महिना मानिन्छ ।

शिवको आराधना र व्रत गरिने यस महिनाभर महिलाहरूले हातमा मेहेन्दी लगाउनुका साथै विवाहितहरूले रातो, हरियो र पहेँलो चुरा अनि पोते लगाउँदछन् ।

हिन्दु महिलाहरूमा हरियो पहेँलो पोते र मेहेन्दी लगायो भने श्रीमानको दीर्घायु हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। महिलाहरूमा मेहेन्दी जति गाढा बस्यो त्यति नै पतिको माया पाइन्छ भन्ने विश्वास समेत रहिआएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology