गोरखा १९, चैत । उच्च ज्वरोका कारण गोरखाको भीमसेन थापा गाउँपालिका– ८ बोर्लाङकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ । उच्च ज्वरो आएर बिरामी परेकी घाटबेसीकी २६ बर्षिय देवी दराईको बीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडाध्यक्ष बासु थापाले जानकारी दिनुभयो । थापाका अनुसार मृतक दराई बिगत २ हप्तादेखि ज्वरो आएको थियो ।
ज्वरो आएर सास फेर्न गाह्रो भएपछि चैत्र ४ गते आरुघाटमा उपचार गराएको भएपनि उहाँलाई थप उपचारको लागि राजधानीको टेकु अस्पताल रिफर गरिएको थियो ।
९ गते राजधानी उपचारका लागी पु¥याइएको दराईलाई टेकु अस्पतालले टेकुले पनि भ्यान्टीलेटरमा राखेर उपचार गराउनु पर्ने भन्दै बीर अस्पताल पठाएको थियो । मृतक दराईको बुधबार परम्परा अनुसार घाटवेशीमा अन्त्यष्ठी गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । युवतीको मृत्युको कारण निमोनिया भएको बीर अस्पतालले जनाएको छ ।