गोरखा १७, चैत । गोरखा अस्पतालमा उपचाररत एक बालिकाकामा कोरोना संक्रमण नभएको पुष्टी भएको छ । काठमाण्डौ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको स्वाव परीक्षणका क्रममा बालिकामा कोरोना संक्रमण नभएको पुष्टी भएको हो ।
कोरोना भाइरस (कोभिड १९) को शकास्पद लक्षण देखिएकी बालिकाको स्वावको नमुना परिक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।
बालिकाको स्वाव परिक्षणका लागि आईतबार टेकु पठाइएको थियो । शनिबार अस्पताल भर्ना भएकी जिल्लाको शहिद लखन गाउँपालिका घर भएकी बालिकाको अहिले अस्पतालमा रहेको आइसोलेसन वार्डमा राखेर अहिले उपचार भइरहेको छ ।
केहीदिन अघिमात्र काठमाण्डौबाट गोरखा आएकी बालिको स्वास्थ्य अबस्था भने सामान्य रहेको जनाइएको छ ।