गोरखा १७, चैत – गोरखा नगरपालिका गोरखाले आज (सोमबार) पनि नगरक्षेत्रको बिभिन्न स्थानमा औषधी छर्ने भएको छ । नगरक्षेत्र भित्र सम्भावित कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन नगरपालिकाले शनिबारदेखि मुख्य सडक क्षेत्रमा क्लोरिनको झोल छर्किन शुरु गरेको नगरपालिकाले आज आहाले बजार क्षेत्रमा औषधी छर्कने तयारी गरेको छ ।
त्यस्तै संसस्त्र प्रहरी बलको कार्यालय रहेको स्वामी चौतार क्षेत्र।, वल्र्ड क्यापिटल स्कुल, लखन थापा चोक औषधी छर्कने जनाइएको छ । यता बिसौनी मोड हुदै गोरखा क्यासम्पसम्मको क्षेत्रमा पनि औषधी छर्ने तयारी भएको नगरपालिकाले सूचना प्रकाशन गरी जानकारी दिएको छ । नगरपालिकाले दिउसो ३ बजेदेखि साँझ ६ बजेसम्म उल्लेखित क्षेत्रमा औषधी छर्किने भएकाले सवैलाई सकेसम्म घर बाहिर ननिस्कन समेत अपिल गरेको छ ।
साथै नगरपालिकाले कलोरिन झोलका कारण लत्ता कपडा तथा खाद्यान्नमा असर गर्ने भन्दै नगरपालिकाले उक्त बस्तु घर बाहिर नराख्न समेत नगरपालिकाले भनेको छ ।