काठमाडौँ, १६ चैत । अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको आइतबार मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित आइसोलेसन अस्पतालमा राखिएका एक युवाको आइतबार मृत्यु भएको हो।
सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। थापा चैत ६ गते दुबईबाट फर्किएका थिए । उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएको खुलेको छ ।
घरमा औषधि खाँदा निको नभएपछि उनी १३ गते अस्पताल आएका थिए । उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन। अस्पताल आउनासाथ उनको स्वाब निकालेर काठमाडौं पठाइएको थियो, तर रिपोर्ट आइसकेको छैन।