काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछानेले कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई १ लाख रुपैया दिने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत लामिछानेले सहयोगको घोषणा गर्नुभएको हो ।
‘नेपाल सरकारको कोरोना राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदा मलाई खुशी लागेको छ’, लामिछानेले लेख्नुभएको छ, अहिलेको सामाजिक दुरीको समयमा तिनिहरुलाई नबिर्सौं जसलाई सहयोग र साथ चाहिएको छ।’ लामिछानेले मानवताका लागि दया र दायित्वबोधमा जोड दिँदै सबैलाई सुरक्षित रहन समेत आग्रह गर्नुभएको छ ।
यसअघि पनि लामिछानेले फेसबुकमा कोरोना सम्बन्धी सन्देशमुलक भिडियो शेयर गर्दै आफू र आफ्नो नजिकको मान्छेका लागि कोरोना भाइरसबाट सुरक्षित रहन आग्रह गर्नुभएको थियो ।