Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

भारतबाट आएकालाई क्वारेन्टाइनमा राखेपछि अहेवले खाए कुटाई


3.5K
Shares

भारतबाट आएकालाई क्वारेन्टाइनमा राखेपछि अहेवले खाए कुटाई

बैतडी १३, चैत । भारतबाट आएका सात जनालाई क्वारेन्टाइनमा राखेको भन्दै बैतडीको पुरचौडीमा परिवारका सदस्य क्वारेन्टाईनमै छिरेर स्वास्थ्यकर्मी माथी कुटपिट गरेका छन् । परिवारका सदस्यहरुले क्वारेन्टाइनमा राखेको भन्दै अहेवलाई भाटाले छातीमा हिर्काएर हातको बढी औंला चपाई दिएका हुन् ।

चैत १२ गते भारतको ब्याङ्लोरबाट आएका सात जनालाई पुरचौडी नगरपालिका–५ कुवाकोटको भूमिराज माबि काटै गहताडको क्वारेन्टाईनमा राखिएको थियो ।क्वारेन्टाईनमा राखिएका परिवारका सदस्य नरेन्द्र जागिरीले भारतबाट आएको मेरो छोरा सुनिललाई किन क्वारेन्टाईनमा रोखको भन्दै राती १० बजे ड्यूटीमा खटिएका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि कुटपिट गरेका हुन् ।

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले क्वारेन्टाईनमा बसालेपछि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि निर्धात कुटिपिट गरिएको पुरचौडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विनोद कुँवरले बताउनुभयो ।कुटपिटबाट घाईते भएका स्वास्थ्यकर्मीलाई उद्धार गरेर हाट स्वास्थ्यचौकीमा ल्याईरहेको कुँवरले जाकारी दिनुभयो ।

आफ्नो ज्यानको बाजी लगाएर कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन चौबीसैघण्टा काममा खटिएका स्वास्थ्यकर्मीमाथिको कुटपिट निन्दनीय भएकोले विज्ञप्ती जारी गर्ने तयारी भईरहेको स्वास्थ्य संयोजक कुँवरले जानकारी दिनुभयो ।स्वास्थ्यकर्मीमाथि कुटपिट भएको जानकारी आएपछि घटना स्थलमा प्रहरी पठाईएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब पउपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology