गोरखा, १६ माघ । सहिदहरूको सम्झनामा गोरखा क्याम्पस गोरखाको स्वतन्त्रत बिद्यार्थी युनियन स्वबियु समितिले गोरखा क्याम्पसमा दीप प्रज्वलन गरेको छ ।
आज बिहान सहिद दिवसको अवसरमा ज्ञात अज्ञात सहिदहरूको सम्झनामा क्याम्पसको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको स्वबियु समिति गोरखाका सदस्य अनुप तिवारीले जानकारी दिनुभयो ।
स्वतन्त्रत बिद्यार्थी युनियन गोरखाको सहसचिब रचन परियारको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमा एक मिनेट मौन धारण गरेर शहिदहरुलाई सम्झना गरिएको हो । शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द तथा गंगालाल श्रेष्ठलाई निरंकुश राणा शासनविरुद्ध क्रान्ति गरेकामा मृत्युदण्ड दिइएको थियो ।
त्यसैको सम्मानमा नेपालमा प्रत्येक वर्ष माघ १६ मा शहिद दिवस मनाइन्छ । अध्यक्ष परियारले सहिदको सपना पुरा गर्न हामी सबै जनाले देश प्रति उत्तरदायी भएर काम गर्नु पर्नेे बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि गोरखा क्याम्पसका क्याम्पस प्रमुख नबराज पाण्डेले शहिदहरुले जुन उद्देश्यका साथ आफ्नो रगतको बलिदान दिएका थिए, सात दशक पूरा हुँदा समेत पूरा हुन नसकेकोमा दुख व्यक्त गर्दै सबै मिलेर शहिदको सपना पूरा गर्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा क्याम्पसका अन्य शिक्षक,शिक्षिका बिद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो । निःस्वार्थ भावनाले मानविय सेवामा समर्पित रहने गरी स्थापना भएको स्वतन्त्रत बिद्यार्थी युनियन स्वबियुले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।