Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा बैकिङ्ग कसूर मुद्दामा फरार दुई जना अभियुक्त पक्राउ


4.4K
Shares

गोरखामा बैकिङ्ग कसूर मुद्दामा फरार दुई जना अभियुक्त पक्राउ

गोरखा, १५ माघ । गोरखामा बैकिङ्ग कसूर मुद्दामा फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्बर – १ का ५२ वर्षीय रामकुमार भट्ट र पालुङटार नगरपालिका वडा नं – १ बस्ने ३५ वर्षीय गोविन्दबाबु अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला अदालत गोरखाले बैकिङ कसूर मुद्दामा भट्टलाई ३ दिन कैद र दुई लाख पचास हजार जरिवाना र अधिकारीलाई ३ वटा मुद्दामा प्रत्येकमा तीनहजारका दरले जरिवाना गरी जम्मा नौ हजार रुपैँया जरिवाना तोकेको थियो । फरार दुवै जनालाई प्रहरीले पक्राउ गरी तोकिएको कैद र जरिवाना सजाय असुल गर्ने लगाईएको जिल्ला प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology