काठमाण्डौ ८ चैत । नर्भिक हस्पिटलले अहिलेसम्म अस्पतालमा कोरोना भाइरसको कुने पनि बिरामी फेला नपरेको स्पस्ट पारेको छ । शनिबार एक प्रेस बिज्ञप्ती जारी गदैै अस्पतालले बिभिन्न सामाजिक सञ्जालमा नर्भिक हस्पिटलमा ८ जना कोरोनो (कोभिड १९) का बिरामी फेला परेको भन्ने भ्रामक हल्ला फिजाइएको भन्दै अहिलेसम्म कोरोना भाइरसको कुनै बिरामी फेला नपरेको स्पस्ट पारेको हो ।
सामाजिक सञ्जालमा कपोलकल्पित झुट्टा जानकारी फैलाउदै अपराधपूर्ण अफवाह फैलाएको घटना प्रति अस्पतालले कडा निन्दा एवंम भत्र्सना समेत गरेको छ ।

साथै हालसम्म अस्पतालमा कुनैपनि कोरोनाको बिरामी नभेटिएकाले निश्चिन्त हुने सवैमा हस्पिटलले आग्रह समेत गरेको छ । सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाउने जो सुकैलाई कडा कारवाही गर्न समेत हस्पिटलले माग गरेको छ ।