Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

एसइई प्रबेस पत्र उपलब्ध गराई दिन्छु भन्दै प्रधानाध्यापकले मागे दुई हजार घुस


3.5K
Shares

एसइई प्रबेस पत्र उपलब्ध गराई दिन्छु भन्दै प्रधानाध्यापकले मागे दुई हजार घुस

जनकपुरधाम । धनुषाका एक प्रधानाध्यापक दुई हजार घुससहित पक्राउ परेका छन् । जनता माध्यमिक विद्यालय धनुषाको मिथिला नगरपालिका २ का प्रधानाध्यापक महेन्द्र महतोलाई घुससहित सहित रंगेहात अख्तियारको टोलीले पक्राउ गरेको हो ।

महतोले एसइईको एक परीक्षार्थीलाई प्रवेश पत्र उपलब्ध गराउन भन्दै दुई हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो।

बिहीवारदेखि शुरु हन लागेको एसइई परीक्षाको फारम अघि नभरेको बहाना बनाउँदै प्रअ महतोले प्रवेश पत्र उपलब्ध गराउने बाहानामा एक परीक्षार्थीसँग २ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology