चितवन ४, चैत । चितवनको भरतपुरमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
साइकलमा दूध बोकेर हिँडिरहेकी ३५ वर्षीया लक्ष्मी सुवेदीको ट्रको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भरतपुरले जनाएको छ ।
भरतपुरबाट गितानगर जाँदै गरेको ना ७ ख ४०९१ नम्बरको ट्रकले सुवेदीलाई ठक्कर दिएको हो ।
ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।