Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

छोरा अपहरण भएको भन्ने बाबुलाई किन समात्यो प्रहरीले ?


2.2K
Shares

छोरा अपहरण भएको भन्ने बाबुलाई किन समात्यो प्रहरीले ?

काठमाडौं । आफ्नै छोराको अपहरण भएको भन्दै गएका बाबुलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी डाक्कनेश्वरी नगरपालिका ९ पत्थरगाढा बस्ने जासर मियाँलाई जिल्ला प्रहरीले प्रहरीलाई झुक्याएको अभियोगमा पक्राउ गरेको हो ।

मियाँले छोरो अपहरणमा परेको प्रहरीमा मौखिक उजुरी दिनु भएको थियो । मियाँको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालयको सयुक्त टोलीले अपहरित भनिएको बालकको खोजी गरेको थियो।

तर, प्रहरीले बालकको अपहरण नभएको थाहा पाएपछि झुटो जानकारी दिएकोमा उजुरी दिने मियाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक बाबुराम कार्कीले जानकारी दिनुभयो ।

मियाले शुक्रवार करिब साढे २ बजेतिर मियाँका १२ वर्षीय छोरा ज्याउदिन खान घरमा सुतिरहेको अवस्थामा अज्ञात मानिस आएर मोटरसाइकलमा राखेर लगेको प्रहरीलाई जाहेरी दिएका थिए ।

मियाले जानकारी मियाँले प्रहरीलाई दिएका थिए। बच्चा रुन कराउन थालेपछि बाहिर निस्किएर हेर्दा मोटरसाइकलको आवाज मात्र सुनेको मियाँले प्रहरीमा मौखिक बयान दिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

त्यसपछि प्रहरीले बालकको खोजी गर्दा बालक अपहरणमा नपरी आफन्त फुपु दिदीको घरमा गइ बसेको अबस्थामा प्रहरीले फेला पारेको थियो। तर, बालक आफैँ फूपुको घरमा गएर बसेको खुलेपछि प्रहरीले झुटो बिबरण दिएको आरोपमा मियाँलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology