Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

तनहुँमा आमाछोरी झुन्डिएको अबस्थामा मृत फेला


3.9K
Shares

तनहुँमा आमाछोरी झुन्डिएको अबस्थामा मृत फेला

तनहुँ । तनहुँको ब्यास नगरपालिका–१३ पोखरीभञ्याङमा आमा छोरी नै झुन्डिएको अबस्थामा मृत फेला परेका छन् । । पोखरीभञ्याङ बस्ने २३ बर्षकी पुनम परियार र उहाँकी २ बर्षको छोरी २ बर्षकी पुजा परियार झुन्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनीहरु आफ्नै घरको दोस्रो तल्लाको बलोमा आफैंले लगाएको साडीको पासो लगाई भुण्डिएको अबस्था बिहिबार दिउँसो ३ बजे फेला परेको हो । स्थानीयले आमाछोरी नै भुण्डिएका जानकारी प्रहरी दिए लगत्तै घटनास्थल पुगेको प्रहरीको थियो ।

मृतक आमाछोरीको शव पोष्टर्माटमका लागि जिल्ला अस्पताल दमौलीमा राखिएको छ । घटनाको बारेमा थप छानबिन र अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology