काठमाण्डौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार पत्नी राधिका शाक्यले भेट्नु भएको छ । प्रत्यारोपणको नवौं दिनमा पत्नी राधिकाले प्रधानमन्त्री ओलीलाई भेट्नु भएको हो ।
यसअघि मिर्गौला दाता समीक्षा संग्रौला बाहेक प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मात्रै भेटन् भएको थियो ।
२१ फागुनमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा हुनुहुन्छ ।
अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुख रहेको विज्ञप्तिमा उल्लेख छ । भाइटल र ल्याब सूचकहरु पनि राम्रो रहेको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीले नियमित आहार लिइरहेको पनि उल्लेख छ । प्रधानमन्त्री ओलीले २०६४ साउनमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराउनु भएको थियो ।