गोरखा, २० मंसिर । पृथ्वीराजमार्ग अन्र्तगत पर्ने नारायणगढ– मुग्लिन सडकखण्डमा टिप्पर सडकबाट खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ जादैँ गरेको बा२ख ७४६२ नं को टिफर इच्छाकामना ५स्थित तीन नम्बर पुलबाट आफैँ अनियन्त्रित भई सडकदेखि २० मिटर तल तुईन खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा परी चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका १० बस्ने बर्ष ४२ को सन्त बहादुर राईको घटनास्थलमै मृत्यु भएको छ । विहान ६ ः ४५ बजे टिप्पर दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फाइल फोटो