Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

शहिद लखनको जनशक्ति मा.विमा शैक्षिक गुणस्तर सुधारका लागि फरक अभ्यास अन्तरक्रिया


1.8K
Shares

शहिद लखनको जनशक्ति मा.विमा शैक्षिक गुणस्तर सुधारका लागि फरक अभ्यास अन्तरक्रिया

गोरखा, १९ मंसिर ।  गोरखाको शहिद लखन गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि गरिएका फरक अभ्यास तथा कार्यान्व्यनमा देखिएका चुनौती बिषयक अन्तरक्रिया गरिएको छ । गाउँपालिकामा २०७९ मा पालिकाको नमुना बिधालय घोषणा गरिएको जनशक्ति माध्यामिक बिधालय नाम्जुङमा उत्कृष्ठ शिक्षण सिकाई तथा फरक अभ्यासका अन्य बिधालयहरुलाई आदान प्रदानका लागि आइतबार कार्यक्रम गरिएको गाउँपालिका शिक्षा शाखाका प्रमुख राजेन्द्र खनालले जानकारी दिनुभयो ।

‘ कार्यक्रम मार्फत शैक्षिक कृृयाकलाप, नीतिगत रुपमा बिधालयले अन्य बिधालयले भन्दा के नयाँ अभ्यास गरेको छ भन्ने बारेमा अनुभव आदान प्रदान गरिएको छ, उहाँले भन्नुभयो, ‘नियमित पठनपाठनका अवला बिधालय बैठक सञ्चालन एवम अनुशासनका सन्र्दभमा गरिएका अभ्यासका बिषयमा फरक अभ्यासको सवालमा अन्तरक्रिया गरिएको छ ।’

कार्यक्रममा बिधालयहरुले गरेका राम्रा काम अन्य माध्यामिक तथा आधारभूत बिधालयले गरेका राम अभ्यास अनुभव आदानप्रदानका कार्यक्रम मार्फत गरिएको खनालले बताउनुभयो ।‘आफ्नो राम्रो कुरा सुनाएर अरुको कुरा अरुका कुरा पनि बुझने ढंगले कार्यक्रम गरिएको हो, उहाँले भन्नुभयो, ‘त्यस बाहेक बिधालयले भोगेको समस्या र चुनौतीका बिषयमा पनि कार्यक्रममा छलफल भएको छ ।’

गाउँपालिकाले उत्कृष्ट घोषणा गरेको जनशक्ति मा.विमा प्रधानध्यापकले गृहकार्य जाँच गर्ने, बिधालयमा वर्ड अफ द डे को रुपमा दैनिक अग्रेजी शब्द सिकाउने जस्ता फरक खालका अनुभव अन्य बिधालयलाई जानकारी गराएको थियो । कार्यक्रममा जनशक्ति माध्यामिक बिधालयका प्रधानध्यापक चिरन्जिवी काप्रीले नुमना बिधालय निर्माणका लागि गरेका काम, अभ्यास र चुनौती बिषय प्रस्तुत गर्नुभएको थियो । जनशक्ति मा.वि शैक्षिक सत्र २०७७ को उत्कृष्ठ बिधालयको रुपमा पुरस्कृत भएको बिधालय पनि हो ।

आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा पालिका भित्र रहेका १६ सामुदायिक बिधालयका प्रधानध्यापक तथा बिधालय व्यवस्थापन समितिका प्रतिनिधिहरुको पनि सहभागिता रहेको खनालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology