Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको धार्चे गाऊँपालिकाका एक पुरुष मृत फेला


1.9K
Shares

गोरखाको धार्चे गाऊँपालिकाका एक पुरुष मृत फेला

गोरखा १७ मंसिर  ।  गोरखाको धार्चे गाऊँपालिकाका एक पुरुष मृत फेला परेका छन् । गाउँपालिकाको ५स्थित गुम्दाको लप्सीबोट घर भै चुमनुब्री गाऊँपालिका ५ बिहीमा होटल सञ्चालन गर्दै आएका ४१ वर्षका पूर्णबहादुर गुरुङको आज शव फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मंसीर १३ गते घर जान भनेर हिँडेका गुरुङ सम्पर्क बिहिन भएपछि स्थानीय बासिन्दाको सहयोगमा खोजी भइरहेको थियो । सोही क्रममा आज दिउँसो मनासलु पदमार्ग अन्तर्गत चुमनुब्री गाऊँपालिका ५ को पेवा र न्याकफेदी बिचको भीरबाटोबाट ६० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरी निरिक्षक रविन्द्र अधिकारीले बताउनुभयो ।

गुरुङको मृत्युको कारण भने खुल्न सकेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरुघाट पनि प्रहरी निरिक्षक रामजी देवकोटा सहितको टोली घटनास्थल तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology