गोरखा, १६ मंसिर । गोरखाको बारपाक सुलिकोट गाँउपालिकामा आँखा परिक्षणसहितको शल्यक्रिया शिवर हुने भएको छ । गाउँपालिका, नेपाल नेत्रहीन संघ, पुनस्थापन कार्यक्रम गोरखा र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल चितवनको संयुक्त आयोजनामा शिविर हुन लागेको हो ।
पालिका भित्रका आँखाका समस्य भएका नागरिकको उपचार गर्नका लागी शिविरको आयोजना गर्न लागेको गाँउपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो । पालिकाले आज एक सूचना जारी गर्दै शिविरबारे जानकारी गराएको उहाँले बताउनुभयो । यही मंसिर २१ गतेदेखी सुरु हुने शिविरका लागी सूचना मार्फत नै पलिका भित्रका सबै वडामा शिविर हुने स्थान र समय पनि तोकिदिएको अध्यक्ष भट्टको भनाई छ ।
शिविरको पहिलो दिन बुधबार वडा नंं. १ को बारपाक स्वास्थ्य चौकीमा बिहान ८ बजेदेखी १२ बजे सम्म सोही दिन वडा नं. २ मान्द्रे आधारभूत स्वास्थ्य सेवा केन्द्रमा दिउँसो १ बजेदेखि ४ बजेसम्म शिविर हुनेछ । बिहीबार २२ गते वडा नं. ३ को सौरपानी स्वास्थ्य चौकीमा बिहान ८ बजेदेखी १२ बजे सम्म बिहीबारनै वडा नंं. ४ रन्चोक सामुदायिक स्वास्थ्य सेवा केन्द्रमा दिउँसो १ बजेदेखी ४ बजेसम्म शिविर हुनेछ भने वडा नं.४ कै स्वाँरा स्वास्थ्य चौकीमा शुक्रबार बिहान १० बजेदेखी ३ बजेसम्म शिविर हुने सूचनामा उल्लेख छ ।
शनिबार वडा नं. ७ पाँचखुवा देउराली स्वास्थ्य चौकीमा बिहान ८ बजेदेखी १२ बजे सम्म र दिउँसो १ बजेदेखी ४ बजेसम्म वडा नं.८ पन्द्रुङ स्वास्थ्य चौकीमा शिविर हुनेछ । यस्तै आइतबार वडा नं. ५ ताकुमाझ स्वास्थ्य चौकीमा बिहान ८ बजेदेखी १२ बजे सम्म र दिउँसो १ बजेदेखी ४ बजेसम्म वडा नं. ६ ताकुकोट स्वास्थ्य चौकीमा शिविर हुने जनाएको छ । यसैगरी पुष ५ र ६ गते वडा नं. ५ ताकुमाझ स्वास्थ्य चौकी, लाकुरीबोटमा बिहान १० बजेदेखी ३ बजेसम्म शल्यक्रिया सहितको शिविर हुने गाँउपालिकाका अध्यक्ष भट्टले बताउनुभयो ।