Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा भोलीदेखी दैनिक रुपमा पासपोर्टका लागी अनलाइन आवेदन खुल्ने


3.2K
Shares

गोरखामा भोलीदेखी दैनिक रुपमा पासपोर्टका लागी अनलाइन आवेदन खुल्ने

गोरखा, १४ मंसिर । गोरखामा भोलीदेखी दैनिक रुपमा राहदानी (पासपोर्ट) का लागि अनलाइन आवेदन खुल्ला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले आज एक सूचना जारी गर्दै बिहीबारदेखी दैनिक रुपमा पासपोर्टका लागि अनलाइन आवेदन खुल्ला गर्ने जनाएको हो ।

यस अघि कार्यालयले प्रत्येक हप्ताको बुधबार मात्र अनलाईन फारम खोल्दै आएकोमा मंसिर १५ गतेबाट भने दैनिक रुपमा खुल्ने प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिनुभयो। आवेदनका लागी प्रशासन बिहान १० बजेदेखी खुल्ला हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार बिहीबारबाट प्रति घण्टा सरोवरले १० जनाको नाम लिएर सिफारीस गर्ने छ । अब भने दैनिक रुपमा ६० देखी ८० जनाले अनलाईन फारम भर्न सक्ने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology